चीनले रक्षा बजेट ७.१ प्रतिशतले बढाउने

चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने घोषणा गरेको छ । अमेरिकापछि सबैभन्दा धेरै रक्षा बजेट चीनको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७ हजार ५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनले देखाएको छ ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले विज्ञहरूलाई उद्धृत गर्दै सकारात्मक आर्थिक वृद्धि र बढ्दो सुरक्षा खतराका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको जनाएको छ ।

यसअघि मार्च २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट प्रस्तुत गरेको थियो । गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले बढेकाे थियाे । सन् २०२० मा कोरोनाका बाबजुद पनि ६.६ प्रतिशतले बजेट बढाएकाे थियाे ।

चीनको रक्षा बजेट वार्षिक जिडिपी अनुमानभन्दा बढी छ । प्रधानमन्त्री ली केकियानले शनिबार बेइजिङको वार्षिक जिडिपी दर ५ दशमलव ५ प्रतिशत हुनसक्ने घोषणा गरेका छन् । 

एएफपी समाचार एजेन्सीका अनुसार चीनको संसदको वार्षिक सत्रको उद्घाटन गर्दै ली केकियानले चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्न बेइजिङले सैन्य तालिम र युद्ध तयारीमा वृद्धि गर्ने बताए ।



गत हप्ता जर्मनीले पनि रुसको आक्रमणलाई ध्यानमा राख्दै रक्षा बजेटमा ठूलो वृद्धि गरेको थियो। जर्मनीले यो वर्ष आफ्नो सशस्त्र बलको विशेष कोषमा १०० अर्ब युरो दिने निर्णय गरेको छ ।

जर्मनीको रक्षा बजेट अहिले कुल जिडिपीको २ प्रतिशत छ । यसअघि सन् २०२१ मा जर्मनीको सम्पूर्ण रक्षा बजेट ४७ अर्ब युरो थियो । 



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ९:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया