नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले रोकप्रियता भन्दा पनि लोक हितको पक्षमा रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकहितको प्रश्न उठ्दा कांग्रेस सम्पूर्ण रूपले एक भएर उभिने बताएका हुन् ।
'जबसम्म लोकतन्त्रको सवाल आउँछ, कांग्रेसले दुइटा मत गर्दैन जब-जब जनता हितको रक्षा गर्ने कुरा आउँछ कांग्रेसले दुइटा मत गर्दैन जब-जब समृद्धिको कुरा आउँछ । अरुण तेस्रोदेखि लिएर एमसिसीसम्म कांग्रेस केवल लोकप्रियताको कुरा गरेर लोकहितको विरुद्धमा उभिँदैन । लोकहितको कुरा गर्छ र कांग्रेस सम्पूर्ण रूपले एक भएर उभिन्छ ।'
उनले अबको विकल्प भनेको रुपान्तरित कांग्रेस भएको बताए । 'अबको दशकमा रुपान्त्ररित भएको कांग्रेसले नै देशको भविष्य हो विकल्प भनेको यहि पुरानो कांग्रेसलाई रुपान्तरित गर्ने हो । अबको विकल्प अबको भरोसा, अबको बाटो भनेको नेपाली कांग्रेस पार्टी नै हो ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।