व्यापारी मृत्यु प्रकरण : छानबिन समिति गठन

सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको विषयमा छानबिन हुने भएको छ । नेपालगन्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको थियो । 

हमालको मृत्युका विषयमा आफन्त र जिल्ला प्रशासन कार्यालयबीच छानबिन समिति गठन गर्ने सहमति भएको हो । 

घटनाका विषयमा सत्यतथ्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगर, अनुसान्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । 

छानबिन समितिले तीन दिन भित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेस गर्ने, छानबिन समितिले पेस गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिए पनि कानुनी कारबाही अगाडि बढाउने र छानबिनको कामलाई सहज बनाउनका लागि विरोधका कार्यक्रम नगर्ने र पोस्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ । 


 





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १८:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया