logo-img

मधेसी आयोगमा तीन वर्षसम्म बेरुजु शून्य

अधिकांश सरकारी कार्यालयमा हरेक आर्थिक वर्षमा ठूलो परिमाणमा बेरुजु देखिने परम्पराजस्तो बनिसकेको छ । तर, सरकारकै एक आयोगले भने लगातार तीन वर्षसम्म बेरुजुशून्यको परिणाम देखाएको छ । 

बेरुजु फर्छयोट अनुगमन समितिको प्रतिवेदन र महालेखा परीक्षकको लेखा परीक्षणअनुसार ०७५–०७६, ०७६–०७७ र ०७७–०७८ मा मधेसी आयोगको बेरुजु शून्य देखिएको हो ।   

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले नियुक्त भएको दिन नै सचिव तथा अन्य कर्मचारीलाई आयोगको सम्पूर्ण गतिविधिलाई पारदर्शी बनाउन निर्देशन दिएका थिए । 

आर्थिक पारदर्शिता आफ्नो सदैव प्राथमिकतामा रहेको अध्यक्ष डा.दत्तले बताएका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार २०:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया