logo-img

पहिलाे अभ्यास खेलमा नेपाल विजयी
फाइल फाेटाे

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टाेलीले पहिलो एकदिवसीय अभ्यास खेलमा श्रीलंका नेभी स्पाेर्ट्स क्लबलाई  १११ रनले पराजित गरेको छ । २१५ रनको लक्ष्य पछ्याएकाे श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो । 

श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, ज्ञानेन्द्र मल्ल र विक्रम सोबले २-२ तथा सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले १/१ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले ३७. १ ओभरमा अलआउट हुँदै २ सय १४ रन जोडेकाे थियाे । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान दिए ।

आशिफ शेखले ३६ र विनोद भण्डारीले २२ जाेड्दा विक्रम साेब ११ रनमा अविजित रहे ।

श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ४ तथा ए अवादतले ३ विकेट हात पारे ।



आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हुने सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्नेछ ।

नेपालले दोस्रो अभ्यास खेलपनि श्रीलंका नाभीविरुद्ध नै मंगलबार खेल्नेछ । नेपालले तेस्रो खेल बिहीबार श्रीलंका पुलिस र चौथों खेल शुक्रबार फस्ट क्लास खेलाडी सम्मिलित टोलीसँग  खेल्नेछ।



नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा  युएई प्रस्थान गर्नेछ । सिरिजमा नेपालसहित आयोजक युएई र पपुवा न्युगिनी (पिएनजी) पनि सहभागी 
छन् ।

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १६:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया