नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
त्यस्तै सोही अवधिमा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९ लाख ६० हजार ६८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
आज कोरोनाका कारण कसै पनि मृत्यु भएको छैन । देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४९ रहेको छ ।
आज ५ हजार ६९२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।