मस्कोमा रुस-बेलारुसका राष्ट्रपतिबीच भेटवार्ता हुने

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो । 

रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए । 

विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए । 

'हो बेलारुसका राष्ट्रपति भोलि मस्को आँउदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,' प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भने । 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार २०:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया