डिवाई- २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ ।
सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै संघले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए ।
उनले पीडित किसानलाई सतप्रतिशत क्षतिपूर्तिसहित राहतको कार्यक्रम घोषणा गर्नुपर्ने माग राखे ।
अध्यक्ष दंगालले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समयदेखि निकम्मा भएर बसेको बताए ।
किसानले मल अभावको समस्या नियति नभएर सरकार निकम्माको पराकाष्ठा भएको उनले दाबी गरे ।
महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पीडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् ।
समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन ।
तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।