युक्रेनको राजधानी किभ नजिकै पुग्यो रुसी सेना
Reuters

रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । 

रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । 

दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनःः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । 





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १४:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया