जसपाको केन्द्रीय समिति बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक कालिकास्थानस्थित एक पार्टी प्यालेसमा केहीबेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए ।

सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ । 

शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो । 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ११:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया