म्यानचेस्टर युनाइटेडका कोच जोसे मौरिन्हो बर्खास्त
जाेसे माैरिन्हाे । उनी साढे दुई वर्षयता म्यानचेस्टर युनाइटेडका काेच थिए ।

एजेन्सी– फुटबल टिम म्यानचेस्टर युनाइटेडले कोच जोसे मौरिन्होलाई बर्खास्त गरेको छ । मौरिन्हो साढे दुई वर्षयता युनाइटेडका म्यानेजरका रुपमा थिए ।

पोर्चुगलका ५५ वर्षीय जोसे मौरिन्होले टिमलाई घरेलु मैदान ओल्ड ट्राफोडमा युरोपा लिगको विजेता बनाएका थिए ।

तर, यो सिजनको इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आशानुरुप प्रदर्शन गर्न सकेको छैन । पोइन्ट्स टेबलको छैटौँ स्थानमा रहेको युनाइटेड टेबलको शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १९ पोइन्ट्सले पछाडि छ । युनाइटेड र लिभरपुलबीच भएको आइतबारको खेलमा युनाइटेड १–३ ले पराजितले भएको थियो ।

एक विज्ञप्ति निकाल्दै युनाइटेडले भनेको छ, ‘यो सिजनका लागि अब एकजनालाई व्यवस्थापकीय पदको जिम्मेवारी दिइनेछ र तत्कालै पूर्णकालीन व्यवस्थापकको खोजी पनि सुरु हुनेछ ।’

विज्ञप्तिमा थपिएको छ, ‘क्लबले मौरिन्होलाई यहाँ दिएको समयका लागि धन्यवाद दिँदै उज्ज्वल भविष्यको कामना गर्दछ ।’

यो सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको, ८९ मिलियन पाउन्डमा सम्झौता भएका पउल पोग्बालाई खेलमा सब्स्टिच्युटका रुपमा मात्र राखेको र सन् १९९० यता युनाइटेडको खेल प्रदर्शन सबैभन्दा धेरै खराब भएकाले मौरिन्होलाई बर्खास्त गरिएको हुनसक्ने अनुमान अन्तर्राष्ट्रिय सन्चारमाध्यममा छापिएका छन् ।





  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १६:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया