logo-img

जन्ती बाेकेकाे टिपर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवर रहेका छन् ।

हिजाे राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा बाडेगाउँबाट बेहुली लिई उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको थियाे ।

टिपरमा चालकसहित २८ जना सवार थिए । बेहुला-बेहुली भने अर्कै गाडीमा रहेकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परी गम्भीर भएका ६ जनामध्ये दुईकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे । प्रहरीका अनुसार बाँकी चार जनाकाे अवस्था अझै गम्भीर रहेकाे छ।

१० जना घाइतेकाे सामान्य उपचारपछि डिस्चार्ज भएकाे छ भने अन्यकाे विभिन्न स्थानका अस्पतालमा उपचार भइरहेकाे छ । 



प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।
 



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १२:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया