logo-img

उपचारका लागि अस्पताल जाँदा अब पिसीआर परीक्षण गर्नु नपर्ने
फाइल तस्वीर

स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसीआर परीक्षण गर्नु नपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोरोना संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसीआर परीक्षण गर्न नपर्ने जनाएको हो ।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । 

सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १६:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया