logo-img

लिग वान : माेनाकाेसँग पिएसजी पराजित

फ्रेन्च लिग वानअन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन(पिएसजी) पराजित भएकाे छ ।

पिएसजीले घरेलु टाेली माेनाकाेसँग ३-० काे हार बेहाेरेकाे हाे ।

स्टेड लुईस दोस्रोमा माेनाकाेलाई जित दिलाउन विसाम बेन येडरले २ तथा केभिन भोल्याण्डले १ गाेल गरे ।

खेलकाे ३५ औं मिनेटमा येडरले गाेल गर्दै माेनाकाेलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा भाेल्याण्डले घरेलु टाेलीकाे अग्रता दाेब्बर बनाए ।

८४ औं मिनेटमा येडरले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गाेल गरेपछि माेनाकाेले ३-० काे सहज जित निकाल्याे ।

हारका बबाजुत पनि २९ खेलमा ६५ अंक जाेडेर शीर्ष स्थानमा कायम रहँदा जित हात पारेकाे माेनाकाे समान खेलबाट ४४ अंकका साथ साताैं स्थानमा उक्लिएकाे छ ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार २०:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया