द्वन्द्वकालीन योद्धाका विषयमा प्रधानमन्त्रीलाई प्रचण्डले बुझाए ५ बुँदे ध्यानाकर्षणपत्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज बिहान बालुवाटारमा पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग जनयुद्धमा घाइते र अपाङ्गता भएका पूर्वलडाकुहरूको विषयमा छलफल गरेका हुन् । 

उनका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भएर अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्नुपर्ने, सशस्त्र द्वन्द्वमा घाइते भएर अपाङ्गता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरूलाई सूचीकृत गर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

साथै, प्रधानमन्त्री र प्रचण्डबीच सशस्त्र द्वन्द्वमा घाइते भएर अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायतका प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने, पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्नेलगायत विषयमा पनि छलफल भएको मल्लले जानकारी दिए ।

सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनेलगायत विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको थियो । 
 






  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १०:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया