logo-img

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । 

मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सक्ने भएका हुन् । 

शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नवीकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताए ।

यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत् सजिलै नविकरण गर्न सकिने उनले उल्लेख गरे ।

अध्यक्ष सिलवालले डिजिटल नवीकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १४:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया