logo-img

एमसिसीपछि अझै धेरै आर्थिक सहायता आउने प्रधानमन्त्रीको दाबी
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा आफूले नबढाएको बताएका छन् ।  

तर, बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बाट लिने सकिने उनको भनाइ छ ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसीका कारण थप आर्थिक सहयोग आउने दावी पनि गरेका छन् ।

‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसिसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ,’ देउवाले भने, ‘एमसिसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’ 

प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्‍याएका छन् ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १६:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया