विश्वकप छनाेटमा ब्राजिलकाे अपराजित यात्रा कायमै

विश्वकप दक्षिण अमेरिकी छनाेट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल विजयी भएकाे छ ।

आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ब्राजिलले घरेलु टाेली बोलिभियमाथि ४-० को सहज जित हात पारेकाे हाे । 

ब्राजिलको जितमा रिचार्लीसनले २ तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान १ गोल गरे ।

खेलको २४ औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता बनायो । उनले ब्रुनो गुइमारेसको पासमा गोल गर्न सफल भएका थिए ।

४५ औं मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै पाहुना टाेलीकाे  अग्रता दोब्बर पारे ।

६६ औं मिनेटमा पाक्वेटाको पासमा ब्रुनो गुइमारेसले गोल गरेपछि ब्राजिल खेलमा ३-० ले अघि बढ्यो ।  



थप गरिएको पहिलो समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

जितसँगै शीर्षस्थानमा रहेको ब्राजिल १७ खेलबाट ४५ अंक जाेड्दा पराजित बोलिभिया १८ खेलबाट १५ अंकका साथ नवौं स्थानमा रह्यो ।



छनाेटका अन्य खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १-१ काे बराबरी खेल्दा उरूग्वेले चिली तथा पेरुले पाराग्वेमाथि समान २-० जित हात पारे ।

त्यस्तै, काेलम्बियाले भनेजुएलामाथि १-० काे कठिन जित हात पार्‍याे ।
 

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ९:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया