जिल्ला अस्पतालको फार्मेसीबाट औषधी किन्नेलाई १० प्रतिशत छुट

बाजुरा जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधी किनेर लैजाने बिरामीलाई दश प्रतिशत छुट दिइने भएको छ । 

अस्पतालले शुक्रबारदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले बताए ।

अस्पतालमा हाल ७० प्रकारका औषधी निःशुल्क पाइने र त्यस बाहेका औषधी किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीकाे जानकारी दिए ।

अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिकले धेरै राहत पाउने अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीकाे बुझाइ छ । 

हाल अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधी रहेको डा. जोशीले बताए । 

अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । 



५० शैयाको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने समेत कार्कीले बताए।

अहिले जिल्ला अस्पतालको सेवा पुरानो भवनबाट सञ्चालन भइरहेको छ । 



अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गरिने पनि अध्यक्ष कार्कीले बताए ।


 

  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ८:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया