प्रधानमन्त्री देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
फरकधार / १९ चैत, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।



आज भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । देउवा र मोदीबीचको भेटवार्तामा नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ। 

चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन् । साथै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेल्वे लाइनको पनि उद्घाटन भएको छ । 






  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १३:५८:५०,   अन्तिम अपडेट : चैत १९, २०७८ शनिबार १४:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया