logo-img

प्रिमियर लिगमा टाेटेनहमको शानदार जित

इंग्लिस प्रिमियर लिगमा गएरातिकाे खेलमा टोटेनहम हाेस्टपुरले शानदार जित निकालेको छ । घरेलु मैदान मैदानमा एक गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै टोटेनहमले न्युकासल युनाइटेडमाथि ५-१ काे सहज जित हात पारेकाे हाे । 

टाेटेनहम हाेस्टपुर स्टेडियममा खेलको ३९ औं मिनेटमा फाबियन स्करले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा बेन डेभिसले गोल गर्दै टोटेनहमलाई १-१ को बराबरीमा ल्याए । ४८ औं मिनेटमा माट डोहर्टीले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

 ५४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टाेलीलाई ३-१ ले अघि बढाए । ६३ औं मिनेटमा इमर्सन रोयल तथा ८३ औं मिनेटमा स्टिभेन बेर्जविजनले गोल गरेपछि टोटेनहमले ५-१ को फराकिलाे जित निकाल्याे ।

जितसँगै टोटेनहमले ३० खेलमा ५४ अंक जोड्दै चाैथाे स्थानमा उक्लिँदा पराजित न्युकासल समान खेलबाट ३४ अंकका साथ १५ औं स्थानमा छ । लिग अन्तर्गतकै अर्काे खेलमा वेस्टह्यम युनाइटेडले एभर्टनमाथि २-१ काे जित हात पारेकाे छ । 






  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार ६:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया