logo-img

म्यादी प्रहरी छनोट : लिखितमा फालिएका १२४ जनालाई अन्तर्वार्ताका लागि बोलाइयो

बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८ सय १५ जनाको लागि परीक्षा लिइएकोमा अन्तिममा आएर कोटा थप गरिएको हो । 

प्रहरी प्रधान कार्यालयबाटै अहिले १ हजार ५१ जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८ सय १५ जनाका लागि परीक्षा हुँदा १ हजार ५२ जनाले लिखितसम्मका सबै परीक्षा पास गरी अन्तर्वार्ता दिएका थिए । 

सोमबार कोटा थप भएको जानकारी आएसँगै लिखित परीक्षाबाट वैकल्पिकमा रहेका व्यक्तिहरुलाई समेत अन्तर्वार्ताका लागि बोलाइएको छ । लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तर्वार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

उनले भने,‘हामीले लिखित परीक्षामा ल्याएको नम्बरका आधारमा उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाएका छौँ । यसअघि लिइएको अन्तर्वार्ताको नतिजा र भोलि लिइने अन्तर्वार्ताको नतिजा एकैपटक प्रकाशित गर्नेछौँ ।’





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार २१:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया