logo-img

श्रीलंकामा नयाँ चार मन्त्री नियुक्त

श्रीलंकामा सोमबार एकैपटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबायाले चार नयाँ मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त चार मन्त्रीले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति गोटबायाले राष्ट्रमा गम्भीर आर्थिक र राजनीतिक संकटको बीच पुरानो मन्त्रिमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि नयाँ मन्त्रिमण्डल घोषणा गरेको बताए । 

पूर्वन्यायमन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिएका छन् भने जिएल पेइरिस विदेशमन्त्री बनेका छन् । यस्तै, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रिमण्डलमा समेटिने बताइएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार २१:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया