logo-img

एएफसी कप छनाेटमा ब्लु स्टारकाे सामना गर्दै मछिन्द्र

एएफसी कप छनोट-२०२२ को प्ले अफअन्तर्गत पहिलो चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ । मछिन्द्र नेपाल तथा ब्लु स्टार श्रीलंकाकाे लिग विजेता टाेली हुन् । मछिन्द्र पहिलाेपटक एएफसी कप छनाेट खेल्न लागेकाे हाे ।

अघिल्लाेपटक लिग विजेता भएर पनि क्लब लाइसेन्स नभएका कारण उसले याे माैका गुमाएकाे थियाे । ​त्यो बेला मछिन्द्रकाे स्थानमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले नेपालकाे प्रतिनिधित्व गरेकाे थियाे ।

याे खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । याे खेल खेल १२ अप्रिलमा हुनेछ । याे खेलका लागि टिकट मूल्य भिआइपीतर्फ १००० र सामान्यतर्फ ५०० राखिएको छ ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार ७:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया