logo-img

आजको विदेशी मुद्राको विनिमयदर यस्ताे

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ चार पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५८ रुपैयाँ तीन पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा छ । 

स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा मात्र र बिक्रीदर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९२ रुपैयाँ २८ पैसा छ । क्यानडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ तीन पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।



साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ छ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ आठ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी, कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ९२ पैसा र बिक्रीदर नाै रुपैयाँ  ९७ पैसा कायम भएको छ ।



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ११:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया