चितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवनको भरतपुरमा बुधबार ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपूर्जा) वितरण गरिएको छ । 

भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भुमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।  

सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव रहेको पनि बताए ।  

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएर लागिरहेको बताइन् ।

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सम्भव भएको बताइन् । 

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घर परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । 



यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा गाउँब्लकमा रहेका २० हजारभन्दा बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको उनको सचिवालयले जनाएको छ ।



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १८:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया