एभिएमलाई दोहोरो स्वर्ण

आदर्श विद्या मन्दिर (एभिएम)ले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज गर्ल्स दुवैमा एभिएम पहिलो भयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभिएमले पुष्पसदनलाई ३–० ले पराजित गर्‍यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेस्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा एभिएमले प्रभातलाई ३–०ले नै हरायो । सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेस्रो स्थानमा चित्त बुझाए ।

फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशील गुरुङ र दावा शेर्पाले कांस्य जिते ।

प्रतियोगिताअन्तर्गत पुरुष–महिला खुला सिंगल्सको लिग चरणका खेल सुरु भएका छन् । त्यस्तै, भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेल पनि प्रारम्भ भएका छन् ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार २१:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया