अजयबाट मैले निर्देशन सिकेको छु : राेहित शेट्टी
फरकधार / २७ चैत, २०७८

बलिउडमा अजय देवगन र रोहित शेट्टी मिल्ने मित्र हुन् । बाल्यकालदेखि नै अजयको कम्पनीसँग जोडिएका रोहितलाई निर्देशनमा ल्याउने श्रेय अजयलाई नै जान्छ । 



रोहितको संघर्षकाे समयमा अजयले फिल्ममा लगानीसँगै अभिनय गरेर उनलाई साथ दिएका थिए । 

उनीहरू असल मित्र मात्र हैनन्, एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् । 



अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् । 



सानैदेखि मित्र रहेका अजय र रोहितले संघर्षका दिनहरूसँगै बिताएका छन् । यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन् । 

अजय निर्देशित ‘रन वे ३४’ को एक कार्यक्रममा बोल्दै रोहितले अजयको बारेमा केही खुलासा गरेका छन् । 

उनले भने, ‘अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे र हामीले उहाँबाट धेरै काम सिकेका छौं । तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन् । उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन् ।’ 

उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए । 

अजयले फिल्मको सब्जेक्टले तानेकाले निर्देशन गरेको बताए ।

फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुलप्रीत सिंह, क्यारीमिनाटी, बोमन इरानीलगायतका कलाकारहरूको अभिनय छ । 

सन् २०१५ मा जेट एयरवेजको दोहा-कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोसनल र हाई ओक्टेन थ्रिलर फिल्म हो । 

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १२:२४:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया