सुर्खेत उद्योग वाणिज्य संघ निर्वाचनमा कांग्रेसका दुई धार
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको हर्षविक्रम खड्काको साझा समूह ।

सुर्खेत उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि उम्मेद्वारी टुंगो लागेको छ । संघको १३औं कार्यसमिति पदहरुका लागि सोमबार सुर्खेतस्थित व्यापारीहरुको दुई फरक–फरक समूहका रुपमा उम्मेद्वारी दिएका छन् ।

वैशाख ४ गते तोकिएको संघको निर्वाचनका लागि उम्मेद्वारहरु दुई भागमा विभाजित छन् । संघका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का अध्यक्ष पदको दाबेदार छन् । खड्का र कँडेल दुई समूहका साथ चुनावमा होमिएका हुन् ।

कँडेल नेपाली कांग्रेसको संस्थापनइतर समूहका हुन् भने खड्का कांग्रेसको संस्थापन समूहका हुन् । यी दुवै उम्मेद्वारले आफ्नो समूहमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी (केन्द्र)का उम्मेद्वारलाई समेट्दै चुनावी गठबन्धन तयार पारेका छन् ।

खड्का नेतृत्वको साझा समूहको उम्मेद्वारमा वरिष्ठ उपाध्यक्ष पदका लागि गणेश बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेमबहादुर रावत, उद्योग उपाध्यक्ष सिहराज बम (राज), महिला उपाध्यक्ष कृष्णाकुमारी थापा, महासचिव रामप्रसाद जैशी (राजु), कोषाध्यक्ष रामप्रसाद पाण्डे, उपमहासचिव पूर्णदेव अधिकारी र सहकोषाध्यक्ष पदका लागि सुर्यबहादुर खत्री (वमु)ले उम्मेद्वारी दिएका छन् । यसका साथै महिला सदस्य पदमा लक्ष्मी कार्की (प्रधान) र कृति गुभाजु (शाक्य)ले उम्मेद्वारी दिएका छन् ।

सदस्य पदका लागि जनकबहादुर थापा, भुवनराज ज्ञवाली, पोषण खरेल, पूर्णप्रसाद जैसी (पाण्डे), अजय गुरुङ, मदनबहादुर खड्का, प्रेम शर्मा, प्रेमबहादुर भण्डारी, लक्ष्मण खत्री, सन्तोष बराइली, खड्कबहादुर शाही, बुद्ध तामाङ, अर्जुनजंग शाही, नवराज गौतम र रणबहादुर खड्काको उम्मेद्वारी परेको छ ।

यसैगरी कँडेल नेतृत्वको संयुक्त व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदका लागि सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्ष प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्ष तारा रावत, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष राजेन्द्रबहादुर शाही, उपमहासचिव कृष्णप्रसाद सुवेदी र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलको उम्मेद्वारी परेको छ । महिला सदस्य पदमा हिमकुमारी उपाध्याय र लक्ष्मीकुमारी शर्मा तिवारीको उम्मेद्वारी परेको छ ।



सदस्य पदहरुमा दीपक खड्का, रमेश बराल, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल (बिन्द्र जैशी), बादकृष्ण हमाल चालिसे, सागर भुसाल, टेकबहादुर थापा, सुरज थापा, बिर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्की, मिलन पन्त र ज्ञानेन्द्र विक उम्मेद्वार रहेका छन् ।

चैत्र २९ गते साँझ ४ बजेसम्म उम्मेद्वारी उपर दाबी विरोध फिर्ता, सोही दिन साँझ ५ बजे दाबी–विरोधउपर निर्णय र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन रहेको निर्वाचन समितिले जनाएको छ । यसका साथै २०७९ वैशाख २ गते राति १२ बजेसम्म चुनाव प्रसार अवधि, सो पनि मौन अवधि र वैशाख ४ गतेका दिन संघको निर्वाचन मिति तोकिएको छ ।



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार २१:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया