logo-img

बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ । 

प्रति ताेलामा आठ सय रुपैयाँले बढी एक लाख ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे पनि बढेकाे छ । प्रति ताेलामा १५ रुपैयाँले बढी एक हजार तीन सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।


 





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार ११:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया