आजको विदेशी मुद्राको विनिमयदर यस्ताे

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५८ रुपैयाँ १० पैसा र बिक्रीदर १५८ रुपैयाँ ८८ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८० पैसा र बिक्रीदर १३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा  छ ।  क्यानडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३२  पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ ८०  पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली ९ रुपैयाँ  ६७ पैसा र बिक्रीदर नाै रुपैयाँ ७२ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८०  पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ८२ पैसा र बिक्रीदर नाै रुपैयाँ  ८७ पैसा कायम भएको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार ११:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया