logo-img

दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट इन्दिरा निरौलाले उम्मेदवारी दिने

सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले उम्मेदवारी दिने तयारी गरेकी छन् ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिलाले प्रमुखमा दाबी नगरेको भन्दै देशभर चर्चा भइरहेका बेला निरौलाले मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।  

गत मंसिरमा पार्टीको सम्पन्न १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेकी उनले आफू स्थानीय तहमै रहेर जनताको सेवा गर्ने उद्देश्यले मेयरमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन् । 

राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै उनी भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरणमा जुटेकी छन् । 

दुधौली-९ बाट अभियान सुरु गरेर सो क्षेत्रका १०६ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको नेतृ निरौलाले बताइन् । दुधौलीलाई स्मार्टसिटीको रूपमा विकास गर्ने लक्ष्य लिएकाे उनले बताइन् । 

सत्तारुढ दलबीच स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर जाने सहमति भएकाे छ । तर सबै ठाउँमा हाेइन । 



सिन्धुली जिल्लामा सत्तारुढ गठबन्धनले अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएकाले सबै दलले आ-आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।



  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार ११:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया