एएफसी एसिया कप छनोट : आजबाट प्रशिक्षण सुरु गर्दै राष्ट्रिय फुटबल टोली

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आजबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाली टोलीले आज बिहान ९ बजेदेखि साढे १० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरियतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् । यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । 

नेपाली टोली : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरज जिउ ठकुरी, आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई, विमल घर्तीमगर, अन्जन विष्ट, दर्शन गुरुङ र नवयुग श्रेष्ठ । 





  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार ८:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया