एमाले प्रवेश गर्दै जसपाबाट विजयी भएका मेयर यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी भएका कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमाले प्रवेश गर्ने भएका छन् । 

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत् मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरूलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’, एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भने, ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नेछन् ।’ 

उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शीर्ष नेताले सम्वोधन गर्ने छन ।  

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रमार्फत लालबन्दी नगरपालिका-११ मा माओवादीबाट विजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका-३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेता एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार ९:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया