logo-img

बहुविवाह गर्ने एक जोडी प्रहरी हिरासतमा

अछाम– अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेको छ । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र म‌ंगलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो । 

प्रेमप्रसादकी श्रीमती जमुना भण्डारीले यही मंसिर ८ गते आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै पुस १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

जाहेरी परेकै दिन १० गते पक्राउ परेका दुवैजनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए  । कानुनअनुसार कसैले बहुविवाह गरेमा विवाह बदर हुने र जेल सजायसमेत हुने व्यवस्था रहेको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार १७:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया