सेयर बजारमा १५ अंकले घट्यो, अर्ब चार करोडबराबरको कारोबार
फाइल तस्वीर

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंककाे गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो । यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी आउनु लगानीकर्ता यो मूल्यभन्दा तल सेयर बेच्न तयार छैनन् भनेर बुझिन्छ। 

आज दुई सय २८ वटा कम्पनीको २५ हजार सात सय ६६ वटा कारोबार हुँदा जम्मा एक अर्ब बराबरको कारोबार भएको छ । मंगलबार दुई सय २८ कम्पनीमध्ये एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् । 

आज अत्यधिक कमाउने मध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार नौ सय ४४ दशमलव चार रुपैयाँमा कारोबार गर्न सफल भएको छ।

यसैगरी, ५२ रुपैयाँ बढेर किसान लघुवित्त एक हजार तीन सय ४७ रुपैयाँमा, २६ दशमलब सात रुपैयाँ बढेर ११९२ रुपैयाँमा, र साधारण लघुवित्त ४६ रुपैयाँ बढेर १२ सय २८ मा अन्तिम कारोबार भएको छ । सबै उपसमूह आज रातो हुँदा म्यानूफेक्चर इन्डेक्स भने शून्य दशमलव २९ प्रतिशतले बढेको छ ।  
 
अत्याधिक गुमाउनेमध्ये हिमालयन पावर २४ रुपैयाँ घटेर चार सय २० मा,  मल्टीपर्पस फाइनन्स १८ रुपैयाँ घटेर तीन सय ४० मा, यूनाइटेड इद मार्दी ३६ अंक घटेर आठ सय ५९ मा, महुली लघुवित्त ५० रुपैयाँ घटेर १२ सय ९० मा र सामुदायिक लघुवित्त ४६ रुपैयाँ घटेर १३ सय १० मा अन्तिम कारोबार भएको छ।
 
सर्वाधिक कारोबार हुनेमध्ये सिद्धर्थ बैंकको चार करोड २१ लाख बराबरको, अपी पावर चार करोड ६ लाख बराबरको र नेस्डो लघुवित्त तीन करोड पाँच लाख बराबरको कारोबार भएको छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १६:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया