logo-img

मोरङका १७ स्थानीयतहको प्रमुखमा १५१, उपप्रमुखमा १२९ र वडाध्यक्षमा १०२३ जनाको उम्मेदवारी

मोरङका १७ स्थानीय तहका प्रमुख पदमा आवश्यकता भन्दा झण्डै ९ गुणा बढीको उम्मेदवारी परेको छ । जिल्लाका १७ वटै पालिका प्रमुखमा १५१ जनाको उम्मेदवारी परेको हो । 
त्यस्तै उपप्रमुखमा १२९ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यक अधिकारीले जानकारी दिए । 

वडाध्यक्षमा १०२३, खुला सदस्यमा १६९७, महिला सदस्यमा ७७५ र दलित महिला सदस्यमा ७२० जनाले उम्मेदवारी दिएको उनले बताए । 

उनका अनुसार उर्लाबारी नगरपालिकाको प्रमुख र उपप्रमुखमा ९÷९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ९ जना वडाध्यक्षका लागि सात गुणा बढीले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा ६६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै, खुला सदस्यमा १०९, महिला सदस्यमा ५२ र दलित महिला सदस्यमा ४८ जनाले उम्मेदवारी दर्ता गराएको अधिकारीले बताए ।

अधिकारीका अनुसार कटहरी गाउँपालिका अध्यक्षका लागि ९ र उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकाका सवै वडाका लागि ४४ जनाले वडाध्यक्ष, ७८ जनाले खुला सदस्य, ३८ जनाले महिला सदस्य र ३८ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी कानेपोखरी गाउँपालिकाको अध्यक्षमा ७ र उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दिएको जनाइएको छ । सोही पालिकाका सवै वडाको वडाध्यक्षका लागि ४७ जना, खुला सदस्यमा ७२, महिला सदस्यमा ३० र दलित महिला सदस्यमा २७ जनाले उम्मेदवारी दिएका छन् । 



केराबारी गाउँपालिका अध्यक्षका लागि ७ र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ४० जनाको उम्मेदवारी पर्दा खुला सदस्यका लागि ७०, महिला र दलित सदस्यमा ३४÷३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

ग्रामथान गाउँपालिकाको अध्यक्षमा पनि सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा ५, वडाध्यक्षमा ४२, खुला सदस्यमा ७२, महिला सदस्यमा ३६ र दलित महिला सदस्यमा ३४ जनाले उम्मेदवारी दिएको जनाइएको छ ।



जहदा गाउँपालिका अध्यक्षमा ७ र उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा ५९ जना, खुला सदस्यमा ९५, महिला सदस्यमा ४४ र दलित महिला सदस्यमा ४२ जनाले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी धनपालथान गाउँपालिकाको अध्यक्षमा ८ र उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा ३६, खुला सदस्यमा ६९, महिला र दलित सदस्यमा ३१÷३१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पथरीशनिश्चरे नगरपालिका प्रमुखमा ८ र उपप्रमुखमा ७ जनाले उम्मेदवारी दिएको बताइएको छ । सो नगरपालिकाका सवै वडामा वडाध्यक्षका लागि ५९ जना, खुला सदस्यमा ११०, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ । 

त्यस्तै बुढीगंगा गाउँपालिका अध्यक्षका लागि १० र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । सो पालिकाका सवै वडामा वडाध्यक्षका लागि ४९ जना, खुला सदस्यमा ७३, महिला सदस्यमा ३४ र दलित महिला सदस्यमा ३३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बेलबारी नगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा ९ जनाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकाका सवै वडामा वडाध्यक्षका लागि ६६, खुला सदस्यमा ११६, महिला सदस्यमा ४७ र दलित महिला सदस्यका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

मिक्लाजुङ गाउँपालिका अध्यक्षमा ८, उपाध्यक्षमा ७, वडाध्यक्षमा ५९, खुला सदस्यमा ९४, महिला सदस्यमा ४५ र दलित महिला सदस्यका लागि ३४ जनाको उम्मेदवारी परेको छ । 

त्यस्तै रंगेली नगरपालिकाको प्रमुखमा ९, उपप्रमुखमा १०, वडाध्यक्षमा ६३, खुला सदस्यमा १०१, महिला सदस्यमा ४७ र दलित महिला सदस्यमा ४१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

रतुवामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा ५÷५ जना, वडाध्यक्षमा ५८, खुला सदस्यमा ९८, महिला सदस्यमा ४४ र दलित महिला सदस्यमा ३९ जनाले उम्मेदवारी दिएका छन् । 

लेटाङ नगरपालिकाको प्रमुखमा ९, उपप्रमुखमा ५, वडाध्यक्षमा ४०, खुला सदस्यमा ६१, महिला सदस्यमा २४ र दलित महिला सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ । 

प्रदेश १ को राजधानीसमेत रहेको एकमात्र महानगर विराटनगरको प्रमुखमा १६, उपप्रमुखमा १५, वडाध्यक्षमा १६०, खुला सदस्यमा २६७, महिला सदस्यमा ११५ र दलित महिला सदस्यमा १०८ जनाले उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

त्यसैगरी सुनवर्षी नगरपालिकाको प्रमुखमा १०, उपप्रमुखमा ९, वडाध्यक्षमा ६४, खुला सदस्यमा ९९, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ४९ जनाले उम्मेदवारी दर्ता गराएको  जनाइएको छ । 

त्यस्तै सुन्दरहरैँचा नगरपालिकाको प्रमुखमा ११, उपप्रमुखमा ८, वडाध्यक्षमा ७१, खुला सदस्यमा ११३, महिला सदस्यमा ५८ र दलित महिला सदस्यमा ५२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख १३, २०७९ मंगलबार २२:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया