पहाडी क्षेत्रमा वायुको प्रभाव कायमै, आज पनि केही स्थानमा वर्षाको सम्भावना

आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो गण्डकी र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ । 

प्रदेश–१ का पहाडी भू–भागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार बागमती र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार बागमती र प्रदेश–१ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । 

हाल देशमा पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ६:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया