logo-img

भिजिट भिसामा दुबई पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ
फाइल तस्वीर

दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ललितपुर ठेचो बस्ने पर्सा वीरगञ्ज महानगरपालिका-५ घर भएका ३३ वर्षीय विकास तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय हरि बहादुर तामाङ रहेका छन् । प्रहरीले विकासलाई बिहीबार काठमाडौं महानगरपालिका चुच्चेपाटीबाट र हरि बहादुरलाई शुक्रबार ललितपुर महानगरपालिका-४ जावलाखेलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-९ इटहरा घर भएका २० वर्षीय पुरुष समेत ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु तथा मासिक ३ हजार दिराम तलब हुन्छ भनी प्रलोभनमा पारी जम्मा ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न आएको छ  । 

उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार १६:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया