यी हुन् राष्ट्रिय टाेलीकाे बन्द प्रशिक्षणमा बोलाइका १७ नयाँ खेलाडी

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटकाे अन्तिम चरणका लागि बन्द प्रशिक्षणमा रहेकाे राष्ट्रिय फुटबल टाेलीमा १७ खेलाडी थपेका छन् ।

प्रशिक्षक अलमुताइरीकाे कार्यशैलीप्रती असन्तुष्टि जनाउँदै मंगलबार क्याम्प छाडेका १० खेलाडीको ठाउँमा उनले विकेश कुथु, जर्ज प्रिन्स कार्कीलगायतका १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । 

थपिएका खेलाडीले बुधबारबाट नै प्रशिक्षण सुरु गरेको बताइएको छ । विकेश भने प्रशिक्षणमा सामेल थिएनन् ।

टोलीमा बोलाइका १७ नयाँ खेलाडी

विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, अनिष चौधरी, निरकुमार राई, सुनिल श्रेष्ठ, सुशील राई, आकाश बुढामगर, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, अविषेक बराल, संजोक राई, मनिष मगर, विकास तामाङ, रोशन राना र  रुपबहादुर लामा ।





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार २०:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया