logo-img

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । 

कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०७९ शनिबार २०:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया