एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट
फाइल फाेटाे

आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । आयोजक नेपाल भलिबल एसोसियसनले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन गर्दैछ ।

प्रतियोगितामा महिलातर्फ तीन विभागीय टीम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्टस् क्लब र एभरेस्ट स्पोर्टस् क्लब गरी पाँच टिम सहभागी छन् ।

यस्तै, पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब गरी सात टिम छन् ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरूले लिगमा प्रतिस्पर्धा गर्ने भएका हुन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ८:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया