बेलायतमा संसदमा अश्लील सामग्री हेरेको आरोपपछि कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् । ६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । उनले आफूले संसदमा दुईपटक अश्लील सामग्री हेरेको पनि स्वीकारेका छन् ।
यसअघि पेरिशले घटना स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबस भिडियो खुलेको हुनसक्ने उनको भनाइ थियो । सदनमा पोनोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसद पेरिशमाथि आरोप लगाएका थिए ।
उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।