'बागी' उम्मेदवारलाई एमालेको कारबाही, साधारण सदस्यसमेत नरहने गरी निष्कासन
फाइल तस्वीर

नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो ।

एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विशालराज महत, वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा-१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेलसहित उनीहरूको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ ।

नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एक ठाउँमा उभिएको सन्दर्भमा नेकपा एमालेको संस्थागत निर्णयअनुसार नै पार्टीका उम्मेदवारहरू एमालेलाई विजयी गराउन चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १३:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया