एउटै पासोमा झुण्डिएको अवस्थामा नवविवाहित जोडीको शव फेला

कैलालीमा पासो बनाई रुखमा झुण्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ ।

जिल्लाको  घोडाघोडी नगरपालिका-१० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुण्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो । 

मृतक बझाङको जयपृथ्वी नगरपालिका-२ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्कविहीन भएका थिए । 

आइतबार बिहान गोठालाहरूले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुण्डिएको हुन सक्ने बताए । 

प्रहरीले शव सडेकोले स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १६:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया