logo-img

भारतमा दैनिक तीन हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा ४० जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या ३ हजार नाघेको यो लगातार चौथो दिन हो । पछिल्लो २४ घण्टामा ३ हजार हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै कुल संक्रमितको संख्या ४ करोड ३० लाख ७९ हजार १ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । 

२४ घण्टाको अवधिमा थपिएका संक्रमितमध्ये १ हजार ५ सय २० जना दिल्लीका छन् । दिल्लीमा हाल ५ हजार ७ सय १६ सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार २१:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया