सूर्या लाइफ इन्स्योरेन्स थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट तीन विधामा सम्मानित

३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि र आउट स्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल अवार्ड हासिल गरेको छ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लूसी, इन्डियन इन्स्टिच्युट अफ इन्सुरेन्सलगायत थुप्र्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरेर विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । 

बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले ती अवार्डहरु ग्रहण गरेका छन् ।

कार्यक्रममा खड्काले नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निर्वाह गरिएका अहम भुमिका र कदमहरुबारे पनि विस्तृत रुपमा प्रष्ट्याएका थिए । 





  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार १८:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया