कमल थापा भन्छन्– सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ

हिन्दू धर्मको एजेण्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए ।  

थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरेका हुन् ।

‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रूपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवर्तनको आफ्नो पालिकामा रोक्छौँ भन्ने प्रतिबद्धतासमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन,’ थापाले बुधबार बिहान ट्विटरमा लेखेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रसँग मनमुटाव भएपछि उनी राजसंस्था त्यागेर हिन्दू धर्मको मात्र एजेण्डा बोकेर हिँडिरहेका छन् । 





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार ८:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया