नेकपामा फुट : विप्लव नै निकालिए पार्टीबाट, धर्मेन्द्र बाँस्तोला बने नयाँ संयोजक
फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वबाट नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाइएको छ । पार्टीका विद्रोही नेताहरूको भेलाले विप्लवलाई महासचिवबाट हटाएको हो ।

चितवनको पर्सामा भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवबाट हटाउँदै धर्मेन्द्र बाँस्तोलालाई पार्टीको नयाँ संयोजक तोकेको छ । असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र बाँस्तोला पक्षधरको राष्ट्रिय भेलाले विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पनि जिम्मेवारीबाट हटाएको छ । 

स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसिसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर विप्लवलाई महासचिवबाट हटाएको एक नेताले बताए । उनका अनुसार भेलाले नयाँ पार्टी गठन गर्ने तयारीसमेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीमा स्थानीय चुनावको उपयोग गर्ने वा बहिष्कार गर्ने भन्ने विषयमा विवाद देखिएको छ । विवाद चर्किँदै जाँदा एक पक्षले अर्कोलाई पार्टीबाट निष्कासनको प्रक्रिया थालिएका छन् । यसअघि विप्लव पक्षले बाँस्तोलालाई पार्टीबाटै निष्कासन गरेको थियो ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार १४:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया