logo-img

आर्मीको महिला भलिबल टोलीलाई पहिलो एनभिए उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि पहिलोपटक जितेको छ ।

शनिबार राखेप कभर्ड हलमा आर्मीले फाइलनमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौँ संस्करण आफ्नो नाममा लेखाएको हो । आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्‍यो ।

उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख रुपैयाँ प्राप्त गर्‍यो ।

यस्तै, तेस्रो स्थानमा रहन सफल एपिएफ क्लबले एक लाख ५० हजार रुपैयाँ पायो । आर्मी र पुलिसले चार खेलबाट समान नौ अंक जोडे पनि पहिलो सेट जित्दा पाएको अंकका आधारमा आर्मी च्याम्पियन बनेको हो ।

प्रतियोगितामा महिलातर्फ पाँच टोलीको सहभागिता थियो । आजै हुने पुरुषतर्फको अन्तिम खेलमा अहिले आर्मी र टिपटप हेल्प नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १८:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया